राजमार्गमा दृष्य एक, पीडा अनेक

प्रचण्डलाई बाबुरामको कटाक्ष: भित्र खाओवाद, बाहिर माओवाद!

​​​​​​​काठमाडौँ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्ना पूर्व सहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' माथि कटाक्ष गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसिसीलाई लेखेको पत्र बाहिरिएपछि भट्टराईले भित्र खाओवाद, बाहिर माओवादी भन्नुभएको छ । 

काँग्रेस एमसिसी पारित गर्ने पक्षमा रहे पनि सत्ता घटक माओवादी संशोधन बिना पारित गर्न नहुने पक्षमा छ । तर, प्रचण्ड समेतले एमसिसी पारितको समय माग गरेको खुलेको थियो ।

नेपाली राजनीति पाखण्डी, दुई जिब्रे प्रवृत्तिबाट मुक्त नहुन्जेलसम्म देश नबन्ने भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ  ।

''भित्रभित्र राष्ट्र घात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात! भित्र खाओवाद बाहिर माओवाद! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुई जिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश बन्दै बन्दैन। एमसीसी जुन ढङ्गले गिजोलिँदै छ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!'' भट्टराईले लेख्नुभएको छ । 

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ७ : ४४ बजे