खुकुरी प्रहार गरी दुई जनाको हत्या

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक  राजन अधिकारीले जानकारी दिनुभयो । उहाँले  घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ७ : ३६ बजे