आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रधानमन्त्री देउवाद्वारा भारतीय प्रख्यात गायिका मङ्गेशकरको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रख्यात गायिका मङ्गेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो । 

प्रधानमन्त्री देउवाले ट्विट गर्दै कैयौँ लोकप्रिय नेपाली गीतमा समेत आवाज दिनुभएकी भारतीय गायिका लता मङ्गेशकरको निधनको खबरले आफू दुःखी भएको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले दिवङ्गत मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । 

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ७ : २९ बजे