आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मन्त्री यादवलाई बर्खास्त गर्न एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा योजना मन्त्री रेणुकुमारी यादवलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । 

आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्री यादवलाई बर्खास्त गर्न आग्रह गर्नु भएको हो ।

बैठकमा देउवा, माओवादी केन्द्रका अध्यक्ष 'प्रचण्ड' र ओली हुनुहुन्थ्यो । गौर नरसंहार दोहोर्‍याउने हिंसात्मक अभिव्यक्ति दिएकाले बर्खास्त गर्न अध्यक्ष ओलीले आग्रह गरेको एमाले महासचिव शंकर पोखरेलले बताउनु भयो । 'गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति मानवता विरुद्धको अपराध हो । त्यसैले मन्त्रीबाट बर्खास्त गर्नुस् अध्यक्ष  ओलीले भन्नुभएको थियो । 

माघ पहिलो साता रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले गौर नरसंहार दोहोर्‍याउने धम्की दिएकी थिइन् ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ९ : ४५ बजे