आन्तरिक हवाई उडानमा अत्यधिक चाप

शीर्ष बैठकमा ओलीको अडान : एमसीसी सत्तापक्षको कुरा हो एमालेको इन्ट्रेस्ट निर्वाचन हो 

काठमाडौं ।  बालुवाटारमा भएको प्रमुख तीन नेताहरुबीचको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन गर्न प्रमुख प्रतिपक्षी एमालेसँग सहयोग माग्नुभए पनि नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी बारे सत्ता पक्षको धारणा पहिला आउनु पर्ने भन्दै पुरानै अडान दोहोराउनु भएको छ । 

उहाँले प्रमुख प्रतिपक्ष दल एमाले भने सममयमै स्थानीय तहको निर्वाचन होस् भन्ने पक्षमा रहेको बताउँदै एमालेको इन्ट्रेस्ट भनेको स्थानीय तहको निर्वाचन नै भएको बताउनुभयो । 

बैठकमा ओलीले सरकार निर्वाचनको मिति घोषणा नगरेर असंवैधानिक बाटोमा हिँड्न खोजेको बताउनुहुँदै सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नु पर्ने बताउनुभयो । 

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच करिब दुई घण्टा छलफल भएको थियो । 

बैठकमा एमालेलाई अवरुद्ध संसद् खोल्न प्रधानमन्त्री देउवाले आग्रह गर्नुभए पनि पूर्व प्रधानमन्त्री ओलीले यस विषयमा पहिला  सभामुखको कदम सच्चिनुपर्ने भनाइ दोहोर्‍याउनु भयो  । १४ जना गैर सांसद संसदमा राखेसम्म अवरुद्ध संसद् नखुल्ने ओलीको स्पष्ट अडान थियो । स्थानीय तहको चुनाव समयमै हुनुपर्छ भन्ने अडान नै एमालेको  अडान हो यसमा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनुभएको छ बैठकमा सहभागी हुनुभएका एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने एमसीसी परियोजना अनुमोदनको प्रस्ताव निर्वाचन पछि गर्न देउवासँग आग्रह गर्नुभएको थियो । 

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ६ : ४८ बजे