आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रचण्डको प्रस्ताव: एमसीसी चुनाव पछाडि मात्रै अगाडि बढाउ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चुनाव पछाडि मात्र अगाडि बढाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच आज बालुवाटारमा भएको बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी चुनाव पछाडि मात्र अगाडि बढाउन आग्रह गरेका हुन् ।अध्यक्ष प्रचण्डले हालका लागि एमसीसीलाई चुनावसम्म स्थगित गर्ने प्रस्ताव समेत गरेका थिए ।

प्रचण्डले प्रमुख प्रतिपक्ष दल एमालेलाई सदन सुचारु गर्न वा संयुक्त रुपमा चुनाव पछाडि मात्र एमसीसीलाई अगाडि बढाउन उचित हुने प्रस्ताव राखेका थिए ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ६ : ३९ बजे