आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बालुवाटारमा प्रधानमन्त्री देउवा, अध्यक्ष ओली र प्रचण्डबीच बैठक

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ ।   

    प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड केहीबेर अघि बालुवाटार पुग्नुभएको हो । 

    निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक बालुवाटार प्रवेश गर्नुभएको हो । उहाँहरुबीचमा पछिल्लो समसामयिक राजीतिक विषयका साथै स्थानीय तहको चूनावका बारेमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । 

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ४ : ३५ बजे