आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता हुँदै, स्थानीय तहको निर्वाचनको मिति तोक्ने एजेन्डा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासँग स्थानीय तहको निर्वाचनको मितिका बारेमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बालुवाटार जाने हुनु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे भेटवार्ता हुन लागेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो  ।

देउवा र ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको रिमालले बताउनु भयो ।

प्रधानमन्त्री देउवाले टेलिफोन गरेर अध्यक्ष ओलीलाई विविध विषयमा छलफलका लागि बोलाउनुभएसँगै ओली बालुवाटार जान लाग्नु भएको हो । असार २८ गते प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलो पटक बालुवाटार जान लाग्नु भएको हो ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  २ : २८ बजे