लता मङ्गेशकरको निधनको खबरले दुखी बनायो :  राष्ट्रपति भण्डारी 

​​​​​​​काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले दुखी बनाएको बताउनुभएको छ । 

सामाजिक सञ्जाल ट्विटरमा आज एक ट्विट गर्नुहुँदै राष्ट्रपति भण्डारीले धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका मङ्गेशकरको निधनको खबरले दुखी बनाएको बताउनुभएको हो । 

उहाँले असाधारण प्रतिभाकी धनी दिवङ्गत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गर्नुभएको छ  ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  २ : २१ बजे