आन्तरिक हवाई उडानमा अत्यधिक चाप

युवा सङ्घले सिंहदरबार परिसरमै उडायो कालो बेलुन

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले सिंहदरबार परिसरमा कालो बेलुन उडाएको छ ।

तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणाको माग गर्दै युवा सङ्घ नेपालले सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो । सरकारको ध्यानाकर्षण गराउन युवा सङ्घले निषेधित क्षेत्र सिंहदरबार परिसरमा कालो बेलुन उडाएको थियो ।

निषेधित क्षेत्रमा युवा सङ्घका कार्यकर्ता विरोधमा उत्रिएपछि प्रहरीले राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्यहरू गणेश थापा, जयराम लामा, अजित लामा लगायतलाई नियन्त्रणमा लिएको छ ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै सरकारका विरुद्ध निरन्तर प्रदर्शन हुँदै आएको छ ।

​​​​​​​​​​​​​​

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  २ : १५ बजे