दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

थप  ८,२०३ जनामा कोरोनाको संक्रमण पुष्टि, १९६ जनाको मृत्यु

काठमाडौं – आज देशभर थप  ८,२०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घन्टामा २० हजार ९७९ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा  ८,२०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । गत २४ घन्टामा ६,८९१  जना संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशमा  सक्रिय संक्रमितहरुको संख्या १ लाख १४ हजार पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा २०४९ जना, भक्तपुरमा २२१ जना र ललितपुरमा ३६५ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप १९६ जना संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरसका कारण हालसम्म ५,४११ जनाले ज्यान गुमाएका छन् ।

​​​​​​​

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ५ : ४९ बजे