सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन

काठमाडौँ।  सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन भएको छ । 

९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

दैनिक भास्करका अनुसार २९ दिनअघि कोरोना सङ्क्रमित भएर अस्पतालमा भर्ना हुनुभएकी उहाँको पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर, निमोनिया निको नहुँदा उहाँलाई आइसियुमा राखेर उपचार गरिएको थियो ।

 

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १० : २७ बजे