दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

परमाणु सम्झौता पुनः स्थापित गर्न अमेरिकी प्रतिबन्ध छूट मात्रै ‘अपर्याप्त’ : इरान

तेहरान, इरान – सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्न इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धहरू हटाउनु मात्रै ‘पर्याप्त’ नहुने इरानका विदेश मन्त्रालयका प्रवक्ता सैयद खटिब्जादेहले शनिबार बताउनुभएको छ । 

“संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध हटाउने उसको कर्तव्य र दायित्व पूरा गर्ने बिषयमा इरानले पर्खिरहेको छ,” उहाँले भन्नुभयो ।

“आज हामीले सुनेको समाचार आणविक स्वीकृति लाई उचाल्ने आयामको बारेमा हो र सबैलाई थाहा छ कि यो पर्याप्त छैन,” उहाँले थप्नुभयो ।

संयुक्त राज्य अमेरिकाले आणविक प्रतिबन्धलगायत सबै प्रतिबन्ध हटाएमा मात्र थप चरणका वार्ताका लागि मार्ग प्रशस्त हुने उहाँले बताउनुभयो । 

अमेरिकी सरकारले शुक्रबार इरानलाई अन्तर्राष्ट्रिय आणविक सहयोग परियोजनाको अनुमति दिन स्वीकृति छूट फिर्ता गरेको थियो भने करिब १० महिनाअघि सन् २०१५ को आणविक सम्झौता पुनः स््थापना गर्न सुरु गरिएको भियना वार्ता अहिले निर्णायक चरणमा पुगेको बताइएको छ । 

रासस÷सिन्ह्वा

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १० : ०३ बजे