‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

दुई घण्टा पनि टिकेन उपेन्द्र र महन्थको सहमति

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको सहमती दुई घण्टामै भाँडिएको छ। आज  अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै सहमती गरेको सन्देश दिनुभएको थियो । त्यसको केही समयमै ठाकुरले महतोलाई संसदीय दलको नेता निर्वाचित भएको पत्र संसद सचिवालयमा पठाएपछि पार्टीभित्र फेरि विवाद सुरु भएको हो। सो पत्रको जवाफ दिँदै अध्यक्ष यादवले अहिलेसम्म जसपा दलको नेता कोही पनि चयन नभएको बताउनुभएको छ ।  

कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्नेमा हालसम्म सो नभएको समेत यादवले सचिवालयलाई जानकारी गराउनुभएको छ  । यादवले दलको नेता चयन भनेर सन्चारमाध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको र कसैले जानकारी दिएकोमा भए त्यसलाई वैधानिकता नदिन भनिएको छ । यालवले बुझाएको पत्रमा मिति जेठ द्ई गते छ भने उता ठाकुरले पठाएको पत्र भने जेठ ४ कै मिति छ  ।

 

 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ५ : ०९ बजे