आन्तरिक हवाई उडानमा अत्यधिक चाप

खाल्डोमा परी बालिकाको मृत्यु

नुवाकोट – इँटा बनाउन खनेको खाल्डोमा परी बालिकाको मृत्यु भएको छ । सर्लाही बरथहवा नगरपालिका-१५ स्थायी घर भई विदुर नगरपालिका-६ बस्ने रतन महराकी चार वर्षीया छोरी कृतिको शनिबार ज्यान गएको हो ।

विदुर नगरपालिका-६ बुनीबेंसीस्थित जालपाभैरवी इँटा उद्योगको इँटा बनाउन खटिएको खाल्डोमा परेर बालिकाको ज्यान गएको हो । उनका बुवा रतन सोही इँटा उद्योगमा कार्यरत थिए ।

खाल्डोमा जमेको पानीमा डुबेकी बालिकाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ७ : २९ बजे