श्रीमानले बनाएको सरकार र प्रधानमन्त्रीले संविधानको उल्लघंन गरे: ईश्वर पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले श्रीमानले बनाएको सरकार र प्रधानमन्त्रीले संविधानको उल्लङ्घन गरेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको स्थापना दिवस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले ​​​​​​​श्रीमानले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लङ्घन गर्ने धृष्टता गरेको बताउनुभएको हो ।  उहाँले पाँच दलीय गठबन्धनलाई विचार नमिल्ने समूहको संज्ञा समेत दिनुभएको छ ।

कार्यक्रममा बोल्दै  नेता पोखरेलले गठबन्धनमा आबद्ध दलहरूमा सङ्घीयताको 'स' सुन्न नचाहने, सङ्घीयता पुगेन भन्ने, प्रत्यक्ष निर्वाचित शासकीय स्वरूपको वकालत गर्ने र परम्परागत संसदीय व्यवस्थाको वकालत गर्नेहरू सबै त्यही रहेको बताउनुभएको छ ।

उहाँले  स्थानीय तहको निर्वाचन कानूनमा तोकिएको समय भित्रै भएन भने त्यसको विरुद्धमा देशव्यापीरुपमा जन परिचालन गर्ने चेतावनी समेत दिनुभएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ५ : ०३ बजे