प्रेस चौतारीले मनायो २४औँ स्थापना दिवस

काठमाडौं ।  प्रेस चौतारी नेपालले आज आफ्नो २४औँ स्थापना दिवस मनाएको छ । बागबजार स्थित होटेल हार्दिकमा केन्द्रीय समितिले केक काटेर २४औँ स्थापना दिवस मनाएको हो ।

विसं २०५५ मङ्सिरबाट अनौपचारिक रुपमा सुरुवात भएको प्रेस चौतारीले २०५५ माघ २२ गतेबाट विजय चालिसेको नेतृत्वमा औपचारिकता पाएको  थियो । सोही दिनको स्मरणमा आज चौतारीले देशभर स्थापना दिवस मनाएको हो । प्रेस चौतारी नेपालको देशभर ५० बढी जिल्ला शाखाहरू छन् ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा समृद्ध नेपाल निर्माणका लागि सबल श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिता प्रेस चौतारीको आधार भन्ने मूल नाराका साथ  स्वास्थ्य मापदण्डसहित एक कार्यक्रमको आयोजना गर्दै २४औँ  स्थापना दिवस मनाएको हो ।  कार्यक्रममा हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ लगायत पुरस्कारहरू १० जनालाई वितरण गर्ने निर्णयसहित पुरस्कृत हुनेहरूको नाम पनि घोषणा गरेको छ । 

पुरस्कार पाउनेमा चौतारीका सस्थापकदेखी पूर्व अध्यक्ष र क्रियाशील पत्रकार सहित पूर्व अध्यक्षहरू गगन विष्ट र राजेन्द्र अर्याललगायतको नाम समावेश गरिएको छ । 

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पत्रकारिता क्षेत्रमा पत्रकारको अधिकारलाई लिएर अग्रणी रूपमा भूमिका खेल्दै आएको प्रेस चौतारी नेपाल श्रमजीवी पत्रकारहरूको पक्षमा रहेको बताउनुभयो ।  

कोरोना सङ्क्रमण बढ्दै गएपछि स्मार्ट लकडाउनका कारण प्रेस चौतारी नेपालको लुम्बिनी बैठकले माघ २२ गते पोखरामा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय स्थगित भए पनि फागुन मसान्तसम्म राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने प्रेस चौतारी नेपालले जनाएको छ ।पुरस्कृत हुने पत्रकारहरूलाई पनि राष्ट्रिय महाधिवेशनमा पुरस्कार वितरण गर्ने योजना रहेको चौतारीले जनाएको छ ।

कार्यक्रममा नेकपा एमाले प्रचार विभाग उप प्रमुख विष्णु रिजालसहित नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष महेन्द्र विष्ट, चौतारीका संस्थापक सचिव प्रमोद दाहाल, संस्थापक सदस्य टङ्क पन्त,  पूर्व अध्यक्ष गगन विष्ट, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, पत्रकार महासङ्घका उपाध्यक्ष रमेश विष्ट, फोनिजका सङ्घीय अध्यक्ष डण्ड गुरुङलगायतको उपस्थिति रहेको थियो  ।  

पुरस्कार पाउने व्यक्तिहरू यस प्रकार छन् ।

वि. सं. २०७७ 
हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार 

राजेन्द्र अर्याल (पूर्व अध्यक्ष)
अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार 
कृष्णविनोद लम्साल (सुनसरी) 
वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता
​​​​​​​
पुरस्कार केपी गौतम (गोरखापत्र)
डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार 
सागर पण्डित (सम्पादक, राजधानी दैनिक)
प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार 
अब्दुल्लाह मियाँ (काठमाडौं)

वि. सं. २०७८
हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार

गगन विष्ट (पूर्व अध्यक्ष)
अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार
झलक सुवेदी (लेखक तथा राजनीतिक विश्लेषक)
वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार
अनुप तिवारी (पर्सा)
डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार
हिरा परियार (रुकुम पश्चिम)
प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार
शिवराज भट्ट (कैलाली)
चन्द्र न्यौपाने -शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार 
शान्ति गुरुङ (कास्की)

 

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ३ : ३७ बजे