प्रेस चौतारी नेपाल स्थापनाको २४औँ वर्षमा प्रवेश 

काठमाडौँ । प्रेस चौतारी नेपाल स्थापनाको २४औँ वर्षमा प्रवेश गरेको छ । 

विसं २०५५ मङ्सिरमा आयोजित  भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो । सोही दिनको स्मरणमा आज चौतारीले केन्द्र स्तरसहित विभिन्न जिल्लामा कार्यक्रम तय गरेको छ ।

चौतारीका अध्यक्ष गणेश बस्नेतका अनुसार आजै हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ लगायत पुरस्कारबाट पुरस्कृत हुने पत्रकारको नाम घोषणा गरिनेछ । 

आजकै लागि चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन पोखरामा तय गरिएकामा कोभिड–१९ को तेस्रो लहरका कारण स्थगन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १२ : ३९ बजे