मधेस प्रदेशका तीन जिल्लामा एमालेले तोक्यो अधिवेशनको मिति

महोत्तरी । नेकपा (एमाले)ले मधेस प्रदेशका तीन जिल्लामा अधिवेशनको मिति तय गरेको छ । 

प्रदेश कमिटीको शुक्रवार साँझको बैठकले सर्लाहीमा फागुन ७ र ८ गते, धनुषामा फागुन ९ र १० गते र महोत्तरीमा फागुन ११ र  १२ गतेका लागि जिल्लामा अधिवेशन तय गरेको हो ।

आसन्न निर्वाचनसमेत नजिकै आइसकेकाले प्रदेश अधिवेशनभन्दा अघि जिल्ला अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्नै पर्ने चुनौती रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले बताउनुभयो ।

यी जिल्लाहरूमा कोभिडको कारण देखाउँदै पूर्वनिर्धारित मितिमा अधिवेशन हुन सकेको थिएन ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १० : ४८ बजे