एमालेमै फर्किए ललितपुरका नेता हुमागाईँ

​​​​​​​ललितपुर । ललितपुरका नेता रामकृष्ण हुमागाईँ फेरि एमालेमा फर्किनुभएको छ  । शुक्रवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटघाटपछि उहाँ एमाले पार्टीमा फर्कनु भएको हो।

एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले हुमागाईँसँग सघन वार्तापछि उहाँ एमालेमा फर्कन तयार भएको बताउनुभयो ।   “हामी उहाँलाई पार्टीकै महत्त्वपूर्ण जिम्मेवारी दिँदैछौं ।”, उहाँले भन्नुभयो ।

गत निर्वाचनमा प्रदेश सांसदको उम्मेदवारी दिने लगभग पक्का भएको अवस्थामा उहाँले टिकट नपाउँदा असन्तुष्ट बन्नुभएको थियो । तत्कालीन समयमा  माओवादी केन्द्रसँग पार्टी एकता हुँदा उहाँले कुनै जिम्मेवारी नपाएपछि असन्तुष्ट हुँदै नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको थियो ।

काँग्रेसको जिल्ला अधिवेशनमा उहाँ आन्तरिक प्रतिस्पर्धामा प्राथमिकतामा नपर्दा निराश उहाँ निराश हुनुभएको थियो । केही समयअघि उहाँले सामाजिक सञ्जालमा लेख्दै पार्टीमा नरहेको घोषणा गर्नुभएको थियो ।

बालकोटमा राति अबेरसम्म भएको छलफलमा सङ्घीय सांसद नवराज सिलवाल, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, स्थायी कमिटी सदस्य सुशीला नेपाललगायत सहभागी हुनुहुन्थ्यो ।

 

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ८ : ०१ बजे