काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा राजेन्द्र महतो निर्वाचित भएको जानकारी संघीय संसद सचिवालयमा दर्ता भएको छ ।
अध्यक्ष महन्थ ठाकुरले सचिवालयका महासचिवलाई पत्राचार गर्दै महतो दल नेता निर्वाचित भएकाबारे मंगलवार जानकारी दिनुभएको हो ।
अध्यक्ष ठाकुरले पठाएको पत्र सचिवालयमा दर्ता भइसकेको छ ।
यसअघि जसपाभित्र देखिएको विवाद समाधान गर्न मंगलवारै अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति प्रकाशित गर्नुभएको थियो ।
दुवै अध्यक्षको सहमतिमा जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक समेत बोलाइएको छ ।
प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार ३ : ४२ बजे
प्रतिक्रिया