काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरिमा हिमपात भएको छ ।
राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको चन्द्रागिरिमा आज बिहानैदेखि हिमपात भएको हो ।
यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ परेको दोस्रो पटक हो । यसअघि गत पुस दोस्रो साता चन्द्रागिरिमा हिमपात भएको थियो ।
हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिर लगायतका क्षेत्र सेताम्य भएका भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिनुभयो।
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हिमपात भइरहेको छ ।
तस्बिर : विदुर न्यौपाने
प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार १० : ४८ बजे
प्रतिक्रिया