जुम्लामा तेस्रो पटक हिमपात, जनजीवन कष्टकर (फोटोफिचर)

जुम्ला । जुम्लामा  पुनः हिमपात भएको छ ।  बिहीबार साँझदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको छ।

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ । यो वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको  हो । हिमपातका कारण मानिस सँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।

जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ । लेकाली क्षेत्रमा झन्डै एक फिट बढी हिउँ जमेको छ ।

 

हिमपातका कारण जुम्लामा बत्ती र  इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ । चिसोका कारण दैनिकी कष्टकर बनेको चन्दननाथ नगरपालिकाका मनोज नेपालीले बताउनुभयो ।

जुम्लामा स्याउ लगाउने  र स्याउका बिरुवा काँटछाँट गर्ने समय भएकाले किसानका लागि भने सहज भएको छ ।

​​​​​​​

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ८ : ५६ बजे