आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जाल्पा लघुवित्तको आइपिओ आजबाट

काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजदेखि आइपिओ बिक्री खुला गर्दैछ ।  लघुवित्तले ५ लाख २२ हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । 

जसमा ८ हजार कित्ता कर्मचारीका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले ४ लाख ८७ हजार ९ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिकित्ता १ सय रुपैयाँमा रुपैयाँमा आवेदन दिन सकिन्छ । २५ माघभित्र आइपिओ भरिसक्नुपर्नेछ । सी–आस्वा सदस्यता प्राप्त बैङ्क तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सकिनेछ । 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ८ : ४२ बजे