काठमाडौँ उपत्यकासहित देशभर वर्षाको सम्भावना

काठमाडौँ ।  पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा काठमाडौँ उपत्यकासहित देशभर आज वर्षाको सम्भावना रहेको छ  ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानै मुलुकका धेरै स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षा भइरहेको छ । काठमाडौँमा पनि राति वर्षा भएको थियो ।

दिउँसो देशका धेरै स्थानमा मेघ गर्जन–चट्याङ–असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

गण्डकी तथा लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ ।

राति प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना रहेको देखिन्छ साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

शनिवार प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ माघ २१ गते (शुक्रवार)
दिउँसो :
देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरूमा मेघ गर्जन,चट्याङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ।

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । 

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

२०७८ माघ २२ गते(शनिवार)
दिउँसो :
देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । 

प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत छ ।

राती : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

२०७८ माघ २३ गते (आइतबार)
​​​​​​​दिउँसो : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।  

राती : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ७ : ३९ बजे