आन्तरिक हवाई उडानमा अत्यधिक चाप

हिमपातले हुम्लाको जनजीवन कष्टकर

हुम्ला । हुम्लामा बिहानैदेखि हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण हवाईउडान समेत अवरुद्ध भएको छ । 

नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यन्न हिमपातका कारण बन्द भएको छ । हिमपातपछि सरकारी तथा गैरसरकारी कार्यालयको सेवा प्रभावित बनेको छ । 

यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण काम एक हप्ताका लागि स्थगन गरिएको छ । 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ९ : ५८ बजे