विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

गण्डकीमा २९० जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेशभित्रका विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा १३५ महिला र १५५ पुरुषमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । 

सङ्क्रमित हुनेमा कास्कीका १७९, स्याङ्जाका २६, बाग्लुङका १९, लमजुङका १७, म्याग्दीका १५, तनहुँका १४, मुस्ताङका नौ, पर्वतका पाँच, नवलपरासी पूर्वका चार, गोरखा र मनाङका एक÷एक रहेका छन् ।

प्रदेशमा कोरोना सङ्क्रमणका कारण थप एकको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१० का ६४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज दिनको १२ः५० बजे पोखरामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । निजमा गत माघ १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ९ : १५ बजे