आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ ।

नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई नियुक्त गरेको हो । रिक्त पदका लागि माग गरिएको आवदेनमा कार्कीसहित ११ जनाले आवेदन दिनुभएको थियो । केहि दिन अघि मात्र बसेको मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।

विभिन्न चरणमा छनौट गर्दै कार्कीसहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारीको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो ।  पाल्पा स्थायी घर भएका कार्की नेपाल सरकारको उपसचिवबाट सेवा निवृत्त सरकारी कर्मचारी हुनृुहुन्छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ७ : २७ बजे