छोरालाई राजदूत बनाउन सभामुख सापकोटाको दौडधुप

काठमाडौं । सरकारले रिक्त रहेका देशमा राजदूत नियुक्तीको तयारी थालिरहेको बेला सभामुख अग्नीप्रसाद सापकोटा भने आफ्नो छोरालाई चीनको राजदुत बनाउने तयारीमा जुटेका छन्  । राजदुत भागबण्डाका लागि लागि गठबन्धन आवद्घ  पाँच दलका नेताहरुसँग प्रधानमन्त्री शेरबहादुर देउवाले नाम दिन भनेसँगै सभामुख सापकोटा आफ्नो छोरालाई राजदुत बनाउन लागिपरेका हुन्  ।

यसअघि कांग्रेसले आफ्नो कोटाबाट भारत, बेलायत र अमेरिकाको लागि राजदूत नियुक्त गरिसकेको छ । सरकारले भारतमा डा. शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई र अमेरिकाको लागि श्रीधर खत्रीलाई नियुक्त गरिसकेको छ ।

उनीहरुको संसदीय सुनुवाई पनि सम्पन्न भैसकेको छ । पाँच दलीय भागबण्डाअनुसार चीनको राजदूत भने नेकपा (माओवादी केन्द्र) को कोटामा परेको छ । त्यही कोटामा सभामुख सापकोटाले आफ्नो छोरालाई राजदुत बनाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल माथि दबाब दिइरहेको बताइन्छ । 

सभामुख सापकोटाका छोरा रुपक सापकोटाले  चीनको राजदूत बन्नकै लागि  गत कार्तिक ७ गते परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकबाट राजीनामा दिएका माओवादी भित्रै चर्चा छ  ।  

  

 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ५ : ५२ बजे