आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

दोहोरो अंकले घट्यो सेयरबजार

काठमाडौँ – साताको अन्तिम दिन आज सेयरबजार दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ६० अंकले घटेर दुई हजार ८७६ दशमलव ७४ अंकमा आइपुगेको हो । 

आज २ सय २४ वटा कम्पनीको १ करोड ५७ लाख ८० हजार ७ सय १३ कित्ता सेयर कारोबार भएको छ भने ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

सेयर बजारमा आज वीन नेपाल लघुवित्त सेयरको मूल्य सबैभन्दा धेरैले बढेर सकारात्क सर्किट लागेको छ । उक्त कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, सबैभन्दा धेरै कारोबार गर्नेमा अरुण भ्याली हाइड्रो कम्छपनी रहेको छ । आज उक्त  कम्पनीले कुल ८२ करोड ७० लाख ३५ हजार ३ रुपैयाँको कारोबार गरेको छ ।

 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ४ : ४४ बजे