स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न एमाले सचिव रायमाझीको आग्रह

काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले संविधानको प्राबधान अनुरुप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

आज यहाँ आयोजित साक्षात्कारमा उहाँले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोडदिँदै निर्वाचन नगराउन षडयन्त्र भैराखेको आरोप समेत लगाउनुभयो   । उहाँले भन्नुभयो, “ स्थानीय तहको निर्वाचनमा एमालेले अन्य पार्टीसँग गठबन्धन गर्दैन । आफ्नो एजेण्डा लिएर जनताका बीचमा जान्छ ।”

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  १ : ४४ बजे