साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

चिनियाँ र रुसी राष्ट्रपतिले दुई देशको समारोह संयुक्त उद्घाटन गर्ने

बेइजिङ – चीनका राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार हुन लागेको दुई देशको आणविक उर्जा सहायता आयोजनासम्बन्धी बैठकको संयुक्त रुपमा उद्घाटन गर्नुहुने भएको छ । 

सो कुराको जानकारी चिनियाँ विदेश मन्त्रालयले मंगलबार चिनियाँ राजधानी बेइजिङमा गराएको छ । सो बैठक बुधबार नै सम्पन्न हुने बताइएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले यी दुई देशबीच बुधबार हुन लागेको आणविक उर्जासम्बधी बैठकको दुवै देशका राष्ट्रपतिले संयुक्त रुपमा उद्घाटन गर्ने र त्यस कार्यक्रमको प्रत्यक्ष भिडयोमार्फत् अवलोकन पनि गर्नुहुने भएको जानकारी गराउनुभएको हो । 
 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  २ : २४ बजे