‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सहमतिको सरकार बन्ने अवस्था भएमा जसपामा सरकारमा सामेल हुने

काठमाडौं ।  विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) भित्रको राजनीतिले नयाँ मोड लिएको छ।
झण्डै पानी बाराबारको अवस्थामा पुगेका जसपा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र याददले आज एक विज्ञप्ती जारी गर्दै जसपा एकताबद्व बनेको सन्देश दिएका छन् ।

आज दुई अध्यक्षले संयुक्त विज्ञप्ती जारी गर्दै तत्काल जसपा सरकारमा नजाने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने जनाएका हुन् ।आज विहान ठाकुर र यादवबीच भएको छलफलपछि तत्काललाई मौन बस्ने सहमति भएको जसपाका एक नेताले बताउनुभयो।

ठाकुर र यादवबीच आइतबार पार्टी कार्यालयमा सहमतिका लागि छलफल भएको थियो।

जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन पनि महन्थ ठाकुर र उपेन्द्र यादव सहमत हुनुभएको छ ।  

छलफल पछि संयुक्ती विज्ञप्ती जारी गर्दै भनिएको छ ‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभइ प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ। तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।’

समायोजन हुन नसकेका पार्टी संगठन, भातृ संगठनहरूबीच पार्टी समायोजन सम्बन्धी कार्यलाई यथाशीघ्र सम्पन्न गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त विज्ञप्तिमा पार्टीभित्र गुटबन्दी गर्ने, गुट-उपगुट खडा गर्ने र पार्टी नेताहरूका विरुद्ध भ्रम फैलाउने काम तत्काल बन्द गर्न अनुरोध गरिएको छ ।​​​​​​​

 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  २ : ०८ बजे