गठबन्धन सरकारलाई एमसीसी हिजो चिम्टा आज सनासो : पोलिटब्युरो सदस्य बास्कोटा 

​​​​​​​काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुलप्रसाद बास्कोटाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को कारण गठबन्धन सरकार बरबराउन पुगेको बताउनुभएको छ । 

एमसीसीको सम्झौता गर्नेहरू र सम्झौता अनुमोदनका लागि सेप्टेम्बर ३ को मिति तय गर्नेहरू नै  आज सरकारमा रहेको बताउनुहुँदै पूर्व मन्त्री बास्कोटाले  हिजो सत्ता स्वार्थका लागि एमसीसीलाई चिम्टा बनाउनेहरूलाई आज त्यही चिम्टा सनासो भइरहेको बताउनुभयो । 

उहाँले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्नुहुँदै सत्ता स्वार्थका लागि द्विपक्षीय विषय बहुपक्षीय बनाउनेहरूको बर्बरावट र तमासा सबै छताछुल्ल भइसकेको र सबैलाई थाहा भइसकेको बताउनुभएको हो ।

 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ९ : ३५ बजे