दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेटवर्किङ व्यवसायमा संलग्न तीन जना पक्राउ

तुलसीपुर । दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो । 

ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार रु १७ हजार ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो । 

तीनै जना होटेल सञ्चालक भए पनि उनीहरूको नाम भने गोप्य राखिएको छ । उनीहरूले दुई महिनामा पैसा दोब्बर हुने भन्दै प्रतिव्यक्ति रु १५ देखि १८ हजारसम्म हाइफर र साफिरलगायतमा लगानी गर्न भनेर अनलाइन नेटवर्किङबाट अवैध कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । रासस

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ७ : १३ बजे