गठबन्धन टुट्न नदिने सत्तारुढ गठबन्धनका बीच सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताबीचको गठबन्धनलाई टुट्न नदिने सहमति भएको छ ।

बुधबार विभिन्न चरणमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएपछि छलफलमा यस्तो सहमति भएको हो । 

बुधबार अपराह्न तीन नेताबीच दोस्रो चरणमा छलफल भएको थियो । 

त्यस्तै बैठकमा नेताहरुबीच एमसिसी सम्झौताबारे थप छलफल गरेर अघि बढ्ने सहमति भएको छ । माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले तीन शीर्ष नेताहरुबीच एमसिसीका विषयमा देखिएको विवादबारे छलफल गर्दै जाने र टुंगोमा पुग्ने समझदारी बनेको छ । 

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ९ : ३९ बजे