एमालेको जिल्ला पार्टी कार्यालयमा आइटी विज्ञ नियुक्त गर्न निर्देशन

काठमाडौं – नेकपा एमालेले देशभर रहेका सबै जिल्ला पार्टी कार्यालयमा एक जना सूचना प्रविधि (आइटी) विज्ञ नियुक्त गर्न निर्देशन दिएको छ ।

आज बसेको केन्द्रीय सचिवालयको बैठकले सबै जिल्ला पार्टी कार्यालयमा पार्टी सदस्यता अद्यावधिक गर्नका लागि आइटी विज्ञ नियुक्त गर्न निर्देशन दिएको प्रचार विभागका प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताउनुभएको हो । एमालेले आगामी फागुन महिनाभित्र पार्टी सदस्यता वितरण गर्ने र पार्टी सदस्यता अद्यावधिक गर्ने कार्ययोजना बनाएको छ ।

बैठकले पार्टी सदस्यता शूल्कको ४० प्रतिशत केन्द्रीय कार्यालय,२५ प्रतिशत प्रदेशमा र २५ प्रतिशत जिल्लामा राखेर १० प्रतिशत पालिका कमिटीमा राख्न निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ६ : ०३ बजे