नेकपा एमालेको नयाँ वेबसाइट सार्वजनिक

काठमाडौं – नेकपा (एमाले) को आधारिक वेबसाइट http://www.cpnuml.org  को अद्यावधिक भर्सनको आज सार्वजनिकीकरण भएको छ ।

​​​​​​​ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार नेकपा (एमाले) को आधारिक वेबसाइट सीपीएनयूएमएल डट ओआरजी http://www.cpnuml.org  को अद्यावधिक भर्सनको सार्वजनिकीकरण गर्नु भएको हो ।

वेबसाइटमा पार्टी सदस्यता लिन, नवीकरण गर्न र पार्टीसँग सम्बन्धित विभिन्न सूचना लिन सकिने विशेषता थपिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ५ : ०१ बजे