आन्तरिक हवाई उडानमा अत्यधिक चाप

थप ३ हजार ६३७ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्‍यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  ६ हजार ४९९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  यस्तै, आज थप ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप  एकैदिन १२ जनाको मृत्‍यु भएको छ  । 

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ४ : ४९ बजे