आन्तरिक हवाई उडानमा अत्यधिक चाप

अग्रज पत्रकार खड्काको निधन

बागलुङ । यहाँका अग्रज पत्रकार विदुर खड्काको ८० वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट ग्रसित उहाँको काठमाडौँमा उपचारका क्रममा आज बिहान निधन भएको पुँवार खड्का समाज बागलुङका उपाध्यक्ष लीलादेवी खड्काले जानकारी दिनुभयो ।

दिवङ्गत खड्काको बिहीबार गृहजिल्लामै अन्त्येष्टि गरिने भएको छ । उहाँको पहलमा विसं २०२८ मा बागलुङबाट ‘धौलाश्री’ साप्ताहिक प्रकाशनमा आएको थियो ।

खड्का त्यसको सम्पादक हुनुहुन्थ्यो । विसं २०५८ मा दैनिक रुपमा प्रकाशन हुन थालेको उक्त पत्रिका विसं २०६३ मा बन्द भए पनि त्यसको अनलाइन संस्करणले निरन्तरता पाउँदै आएको थियो ।

खड्काले विसं २०५७ मा गठित नेपाल पत्रकार महासङ्घको तत्कालीन धवलागिरि शाखाको संयोजक भएर काम गर्नुभएको थियो ।

उहाँका तीन छोरा छन् । खड्काकी श्रीमती गङ्गाको पनि निधन भइसकेको छ ।

खड्काले दिवङ्गत आमा सुमित्रा र श्रीमती गङ्गाको स्मृतिमा ‘सुगङ्गा पुरस्कार’समेत स्थापना गर्नुभएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ४ : २८ बजे