दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नगरकोटको खोलामा नाङ्गो अवस्था मृत भेटिएका यी युवाको पहिचान खुलेन

भक्तपुर । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं। ६ मा एक युवा मृत अवस्थामा फेला परेका छन् । नगरकोट स्थित पीपल बोट भन्ने ठाउँको खोलामा अन्दाजी २८ वर्षका युवा नाङ्गो अवस्थामा मृत फेला परेका हुन् । जेठ १ गते स्थानीयहरूले खोलामा नाङ्गो अवस्थामा युवा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएको चार दिनसम्म पनि मृतकको पहिचान खुल्न सकेको छैन ।

मृतकको सबलाई वडा अध्यक्ष सन्त वाइवाको रोहबरमा प्रहरीले उठाएको नगरकोटका व्यवसायी नवीन गुरुङले जानकारी दिनुभयो । मृतकको पहिचान हुन नसकेकोले कोही हराएको भए खबर गरिदिन उनले आग्रह गर्नुभयो । महानगरीय प्रहरी प्रभाग नगरकोटको सहयोगमा मृतकको शव के एम सी दुवाकोट हस्पिटल लगिएकोगुरुङले जानकारी दिनुभयो ।

मृतकको साथबाट प्रहरीले नयाँ चप्पल भेटाएको छ । खोलासँगैको सानो ओडार नजिकै शव भेटिनुले कसैले हत्या गरी शव लुकाउन खोजे जस्तै देखिएको स्थानीयहरूको अनुमान छ ।

 

 

 

​​​​​​​

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  १ : ११ बजे