दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

ब्राउन सुगरसहित युवक पक्राउ

काठमाडौं/  झापाको बिर्तामोड नगरपालिका–५ को पञ्चकन्या चोकबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट नयाँ बस पार्कबाट खटिएको प्रहरी टोलीले २४ वर्षीय सुनिल लिम्बूलाई मंगलबार साँझ पक्राउ गरेको हो । 

उनको साथबाट प्रहरीले ब्राउन सुगर २९ ग्राम, नगद दुई हजार र दुई थान मोबाइल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर उनीविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । 

उनका अनुसार प्रहरीले अनुसन्धानका लागि बुधबार जिल्ला अदातल झापाबाट म्याद थप अनुमति पनि पाएको छ । 

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १ : ०२ बजे