धरहराबाट उपत्यका नियाल्ने रहर

सन्धिखर्कमा चिस्यान केन्द्र निर्माण गरिँदै

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा अत्याधुनिक स्तरको चिस्यान केन्द्र निर्माण गरिने भएको छ । 

कृषकले उत्पादन गरेको फलफूल तथा तरकारी सुरक्षित भण्डारण गर्न सन्धिखर्क नगरपालिकाले वडा नं १ को हटारीमा चिस्यान केन्द्र निर्माण गर्न लागेको हो । 

चिस्यान केन्द्र रु सात करोड ७९ लाखको लागतमा निर्माण गर्न लागिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो । 

चिस्यान केन्द्रको अभावमा तरकारी तथा फलफूल कृषकले सस्तो मूल्यमा बिक्री गर्न बाध्य थिए । उत्पादन भएको  तरकारी तथा फलफूल कुहिएर जाने गरेको थियो । कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल चिस्यान केन्द्रमा राखेर जुनसुकै समयमा पनि बिक्री गरी मनग्य आम्दानी गर्न सकिने अर्यालले बताउनुभयो । 

नगर प्रमुख कमलप्रसाद भुसालका अनुसार चिस्यान केन्द्रको क्षमता १५०  मेट्रिक टन रहेको छ । आगामी वर्ष २०७९ चैत मसान्तसम्म काम सम्पन्न गर्ने गरी लुम्बिनी अर्घाखाँची जेभीसँग निर्माणको सम्झौता भएको हो ।

चिस्यान केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि कृषक मात्र होइन उपभोक्ता समेत लाभान्वित हुने बताइएको छ । रासस  

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १२ : ११ बजे