एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई रोक्न पाँच दलीय गठबन्धन : महासचिव पोखरेल

​​​​​​​काठमाडौँ  । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले  एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई रोक्न पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । 

उहाँले सामाजिक सञ्जालमार्फत जनादेशको सम्मान, राष्ट्रिय स्वाधीनता, स्वाभिमानको रक्षा , विकास र समृद्धिको आशालाग्दो यात्रामा अघि बढ्दा एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई रोक्न पाँच दलीय गठबन्धन बनेको बताउनुभएको हो । 

महासचिव पोखरेलले अब हुने तीन तहको चुनावसँगै पुरानो जनादेश खण्डित हुने र त्यसको ठाउँ नयाँ जनादेशले लिने छ बताउनुभएको छ । “चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन्” उहाँले भन्नुभयो,  “एजेन्डाविहीन गठबन्धनले होइन, देश र जनताका पक्षको एजेन्डाबाट नै चुनाव जित्ने हो ।”

“अब सिङ्गो पार्टी पङ्क्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेरिस्त बोकेर जनताका बीचमा जाऔँ । जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ।” उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ । 

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ११ : २५ बजे