दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नाइजेरियामा ‘लासा’ ज्वरो, ३२ जनाको मृत्यु

लागोस – नाइजेरियामा लासा ज्वरोको प्रकोपले यस वर्षको सुरुदेखि हालसम्म कम्तीमा ३२ जनाको ज्यान गएको सरकारी अधिकारीले गत सोमबार जनाएको छ । नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी) का अनुसार, पुष्टि भएका घटनाहरूको संख्या ७४ पुगेको र सोही अवधिमा कुल ७५९ संदिग्ध घटनाहरु पनि देखिएको थियो ।

जनवरी २६ मा स्वास्थ्य अधिकारीहरूले हालैको प्रकोपको प्रतिक्रियामा राष्ट्रव्यापी लासा ज्वरो आपतकालीन अपरेशनहरू सक्रिय गरेको बताएका छन् । एनसीडीसीले मृत्यु दर कम गर्न राज्य जनस्वास्थ्य टोलीहरूलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएको छ । यो रोग नाइजेरियामा वर्षैभरि देखा पर्दछ, तर सुख्खा मौसममा धेरै देखा पर्ने जनाइएको छ । यो रोगबाट गत वर्ष नाइजेरियामा कम्तीमा ८० जनाको ज्यान गएको एनसीडीसीलृे जनाएको छ । 

रासस÷सिन्ह्वा

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १ : ४६ बजे