चुनाव घोषणाको माग गर्दै मन्त्री क्वार्टरअगाडि कालो झण्डासहित प्रदर्शन

काठमाडौं ।  एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले पुल्चोकस्थित मन्त्री निवासअगाडि कालोझण्डासहित प्रदर्शन गरेका छन् । अनेरास्ववियुका महासचिव समिक बडलको नेतृत्वमा विद्यार्थीहरुले  चुनावको मिति घोषणा मागसहित प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरु बिहानै पुल्चोकमा भेला भएर स्थानीय तहको चुनाव सार्ने प्रपन्च हुन लागेको भन्दै  खबरदारी गरेका हुन् । उनीहरुले चुनावको मिति घोषणा गर, चुनाव सार्न पाइँदैन लगायतका नारा लगाएका थिए ।

प्रदर्शनकारीहरुले निवासबाट बाहिरिँदै गरेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालोझण्डा देखाएका छन् । उनीहरुले मन्त्री कार्कीको सवारीलाई अवरोधसमेत गरेका थिए ।

स्थानीय तहका निर्वाचित प्रतिनिधिको कार्यकाल आगामी जेठमा सकिँदै छ । तर सरकारले अहिलेसम्म चुनावको मिति घोषणा गरेको छैन ।  निर्वाचनको मिति घोषणा नभएसँगै सरकारको चौतर्फी विरोध भइरहेको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १० : ५७ बजे