काठमाडौँ  महानगरपालिकाद्वारा त्रिविलाई सिटी स्क्यान मेसिन प्रदान

काठमाडौँ – काठमाडौँ  महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सिटी स्क्यान मेसिन प्रदान गर्नुभएको छ ।

आज एक कार्यक्रमबीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा डा सुवासप्रसाद आचार्यलाई मेसिन खरिद गर्दाको रकम बराबरको चेक  हस्तान्तरण गर्नुभएको हो ।  

    सिटी स्क्यान मेसिन खरिद गर्न कामपा र अस्पतालबीच २०७७ साल मङ्सिर ३० गते सम्झौता भएको थियो । फ्लास टेक्नोलोजीमा आधारित मेसिन १२८ स्लाइसको  रहेको बताइएको छ । स्पेसिफिकेसनका आधारमा सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट खरिद गरिएको मेसिनको मूल्य रु ६ करोड १७ लाख १६ हजार ५५७ रहेको छ । 

    कार्यक्रममा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कामपाले स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सकारात्मक परिणाम देखिन थालेको बताउनुभयो । सामुदायिक अस्पतालको प्राविधिक क्षमता विकास गरेर र उपचारका लागि बिरामीमा विश्वास बढाएर निजी स्वास्थ्य संस्थाभन्दा अब्बल बन्नुपर्ने कार्यक्रमम प्रमुख शाक्यको धारणा थियो ।  

    त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा डा दिव्यासिंह शाहले आधुनिक चिकित्सा विज्ञानमा सिटी स्क्यान नभई नहुने हतियार रहेको भन्दै दुर्घटना परेका व्यक्ति, मस्तिष्कघात भएका व्यक्तिको परीक्षणका लागि उक्त मेसिन अत्यावश्यक रहेको बताउनुभयो । “विगत २ वर्षदेखि सिटी स्क्यानविहीन भएको अस्पताललाई कामपाले सहयोग ग¥यो । यो सहयोग अतुलनीय छ”, शाहले भन्नुभयो । 
 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : ०५ बजे