सरकारले शिक्षक अस्पताल चितवनमा बनाउने

काठमाडौं – सरकारले शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । 

 शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो । २१ बिगाह जग्गामा शिक्षक अस्पताल निर्माण गर्ने योजना अघि सारिएको छ । 

मन्त्रिपरिषद् बैठकले खुला विश्वविद्यायको उपकुलपतिमा प्राध्यापक डा. शिलु मानन्धर बज्राचार्यलाई नियुक्ति गर्ने निर्णय गरेको छ । 

 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ९ : ४१ बजे