दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नियन्त्रित औषधिको २० हजार ८ सय १५ क्याप्सुल सहित ५ जना पक्राउ

काठमाडौं – २० हजार ८ सय १५ क्याप्सुल नियन्त्रित औषध सहित ५ जनालाई विभिन्न मिति र ठाउँबाट लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं सिफल बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-१ ठेगाना भएका २५ वर्षीय सुनिल भन्ने निमा दोर्जे शेर्पा, काठमाडौं गोकर्णेश्वर बस्ने बझाङ चैनपुर नगरपालिका-८ ठेगाना भएका २९ वर्षीय उमेश कुमार केसी, काठमाडौं चाबहिलस्थित कल्याणकारी मेडिकल हलका संचालक संखुवासभा पाँचखपन गाउँपालिका-७ ठेगाना भएका ३० वर्षीय पेम्वा शेर्पा, नुवाकोट म्यगङ गाउँपालिका-५ ठेगाना भएका ३४ वर्षीय राजाराम दवाडी र काठमाडौं टोखा बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-१ ठेगाना भएका ३८ वर्षीय बद्रिनाथ पौडेल रहेका छन् ।

उनीहरूमध्ये निमाबाट १ सय १५ ट्याब्लेट ट्रामाडोल र उमेशकुमारबाट २० हजार ७ सय क्याप्सुल ट्रामाडोल बरामद भएको छ । साथै पेम्वा शेर्पाबाट २ सय ९० ट्याब्लेट लोबाजाम, १ सय ५३ ट्याब्लेट लोरी, १ सय ट्याब्लेट निट्रेस्ट, ९० ट्याब्लेट जोलियुम, २ सय ७५ ट्याब्लेट कोडोट्याब, ३ सय ९० ट्याब्लेट क्लोजिप क्लोजिप, १४ ट्याब्लेट क्लोप्रियुम, ५ सय १८ ट्याब्लेट पाज, २ सय ८५ ट्याब्लेट क्लोनाज, ३० ट्याब्लेट स्टागन र ५० ट्याब्लेट कोफटाब बरामद भएको छ । राजारामबाट बा.११ च १०१४ नम्वरको भ्यानमा ल्याएको १ सय ८० ट्याब्लेट लेभोनोरजेस्ट्रेल, ९० ट्याब्लेट अन्वान्टेड लेभोनोरजेस्ट्रेल, ८ सय ५० थान सफ्टजेल क्याप्सुल, ६ सय ७२ ट्याब्लेट बर्थ स्पेसिङ पिल्स, ३० वटा ल्याबोडर्म, १ सय ८४ ट्याब्लेट जेनेग्रा, १ सय ६० ट्याब्लेट जेनेग्रा रेड र ९० ट्याब्लेट प्रेगौट किक तथा बद्रिनाथ पौडेलबाट नगद १ लाख ४० हजार रुपैयाँ बरामद भएको छ ।

उपत्यकामा नियन्त्रित लागूऔषध ट्रामाडोलको अबैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो तथा औषधी ब्यबस्था बिभाग बिजुलीबजारबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बरामद औषधी, सवारी साधन र नगद सहित उनीहरूलाई आबश्यक कानुनी कारबाहीको लागि औषधी ब्यबस्था बिभाग बिजुली बजार पठाईएको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ५ : ५९ बजे