प्रधानमन्त्री देउवा र प्रचण्डबीच एमसीसीबारे छलफल 

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एमसीसीबारे छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग एमसीसीबारे छलफल गरेका हुन् । 

प्रधानमन्त्री देउवासँग भेटेर प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेको बालुवाटार स्रोतले बताएको छ ।

एमसीसी पारित गर्नका लागि सदनमा दर्ता भइसकेको छ भने हालसम्म टेबुल गरिएको छैन ।

अब बस्ने संसद्को बैठकमा एमसीसीलाई टेबुल गर्नको निम्ति नेताहरूले दौडधुप तथा छलफल तीव्र पार्दै लागेका छन् । 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १ : २७ बजे